Logo

मधेस प्रदेशमा फेरि पनि जसपाकै मुख्यमन्त्री बन्न सक्छः लालबाबु राउत



काठमाडौं, १ पुस । मधेस प्रदेशका मुख्यमन्त्री एवं नवनिर्वाचित प्रदेशसभा सांसद लालबाबु राउतले संघीय सरकारमा सहभागी हुनुपर्ने औंल्याएका छन् ।
‘जसको बनाए पनि जसरी बनाए पनि सरकार त बनाउनैपर्छ । कोसँग जाने कसरी जाने पार्टीले निर्णय गरिसकेको छैन । निर्वाचनमा हामी एमालेसँग सिट तालमेल गरेर गएका थियौं । तर यतिबेला सरकारबाहिर रहनुको औचित्य छैन । उपयुक्त ठाउँ मिल्छ भने जानुपर्छ भन्ने मेरो मत छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले भने ।
उनले मधेस प्रदेशमा पनि जसपाले नेतृत्व गर्नुपर्ने बताए । राउतले भने, ‘मधेस प्रदेशमा हाम्रो स्ट्रेन्थ पहिले भन्दा घटेको छ । तर अन्य दलभन्दा त्यति धेरै फरक पनि छैन । २०७४ मा २१ सिटको एमाले २३ पुगेको छ । कांग्रेसको १९ अहिले २२ छ । हामी १६ मा छौं । कुनै पनि दलले एकल बहुमतको सरकार बनाउने अवस्था छैन । फेरि पनि जसपाकै नेतृत्वमा सरकार बन्न सक्छ ।’
संघीय सरकार कसरी बन्छ, त्यसले धेरै कुरा निर्धारण गर्ने पनि राउतले बताए । गर्छ । अनेक जटिलताका बीचमा प्रदेश सरकारले पाँच वर्षको कार्यकाल पूरा गरेको उनको जिकिर छ । रेशम चौधरीलाई तत्काल जेलबाट निकाल्नुपर्ने पनि उनले माग गरे । राउतले थपे, ‘उत्पीडित थारु समुदायलाई धेरै पहिले न्याय दिनुपथ्र्यो । निर्दोष थारुमाथि सधैंभरि फसाउन मिल्दैन । निर्दोष थारुहरुलाई जेलबाट निकाल्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot