Logo

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना



काठमाडौं, पुस ३ । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका ७६ मध्ये करिब दुई दर्जन जति मोटर साइकल र पैदलयात्री थिए ।

प्रहरी कार्यालयको तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको थियो । असोजमा १९, कार्तिकमा १६, साउनमा १२, र भदौमा ९ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । सोही अवधीमा गम्भीर घाइते हुनेको संख्या १ हजार ५० रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउनमा २४, भदौमा २२, कातिकमा २१, असोजमा १९ र मंसिरमा १९ जना सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उक्त अवधिमा कुल ३ हजार ८ सय २६ वटा सवारी दुर्घटना भएको थियो । तीमध्ये साउनमा ९ सय २८, भदौमा ९ सय ८२, मंसिरमा ७ सय ६०, असोजमा ७ सय ४२ र कार्तिकमा ६ सय ८४ दुर्घटना भएका थिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot