Logo

सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट



काठमाडौं, ३ पुष । नेकपा (एमाले) का सचिव तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य गोकर्ण बिष्टले सरकार गठनको प्रक्रियाबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका छन् । यद्धपी उनले आफूहरुको प्राथमिकतमा सरकार गठन नरहेको जिकिर गरे ।

उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको उल्लेख गर्दै भने,‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन, लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं।’

आज (आइतबार) बुटवलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले अहिले एमालेले पाएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकोले सोहीअनुसार भूमिका निर्वाह गर्ने सुनाए । उनले तत्काल वाम गठबन्धन बन्ने सम्भावना पनि नरहेको जिकिर गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot