Logo

५१ हजार ५ सय जनाले पाए बाराही हाइड्रोको आईपिओ,६५ हजार बढीको आवेदन रद्द



काठमाडौं, पुस ३ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज विहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जस मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ भने ११ लाख ९२ हजार ४ सय ९४ जनालाई आईपिओ बाँडफाँड गरिएको छ ।

माग भन्दा आवेदन बढी परेपछि गोलाप्रथाबाट गरिएको आईपिओ बाँडफाँडमा ५१ हजार ५ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot