Logo

कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ : कल्याण गुरुङ



काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने टिप्पणी गरेका छन् । सरकार कसको नेतृत्वमा बनाउने भन्नेबारे गठबन्धनभित्र छलफल भैरहेको अवस्थामा कांग्रेस नेता गुरुङले यस्तो बताएका हुन् ।

उनले हालै सम्पन्न भएको निर्वाचनमा कांग्रेस पहिलो दल बनेकोले सरकार पनि उसकै नेतृत्वमा बन्नुपर्ने तर्क गरेका हुन् । उनले संघीय सरकारको नेतृत्वमात्रै नभएर सातै प्रदेशमा पनि सरकार नेतृत्वको लागि कांग्रेसले पहल थाल्नुपर्ने बताएका छ्न ।

गठबन्धनभित्र सरकारको नेतृत्व पहिलो चरणमा कांग्रेसले गर्ने कि माओवादीले भन्नेबारे छलफल चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलको नेताको निर्वाचन नभएसम्म सरकार निर्माणको लागि छलफल नथाल्ने बताएका छन् ।

हिजोमात्रै सरकार गठनको विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देउवासँग छलफल गरेका थिए । तर, देउवाले केही दिन पर्खन आग्रह गरेका छन् । दाहालपनि पहिलो चरणमा सरकारको नेतृत्व गर्न इच्छुक छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot