Logo

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं, पुस ४ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। बैंकले यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने जनाएपनि अव पुस १४ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको छ ।

बैंकले मङ्सिर २९ गतेदेखि उर्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र जारी गरेको हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि २० लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुने छ । सर्बसाधारणलाई छुट्याईएको २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

लगानीकर्ताले ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot