Logo

मेस्सीलाई बधाई दिदै नेयमारले लेख ‘बधाई ब्रदर’



काठमाडौं, पुस ४ । आईतबार कतारमा सम्पन्न फिफा विश्वकप–२०२२ को उपाधि जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजीका सहकर्मी नेयमारले लियोनल मेस्सीलाई बधाई दिएका छन्। नेमारले इन्स्टाग्राममार्फत मेस्सीलाई ‘बधाई ब्रदर’ को छोटो सन्देश लेख्दै बधाई दिएका हुन्।

फ्रान्सलाई पेनाल्टी किकमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। निर्धारित समय र थप गरिएको समयमा ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

अर्जेन्टिनाका लागि लियोनल मेस्सी २३औं र १०८औँ मिनेटमा र एन्जल डि मारियाले ३६औँ मिनेटमा तथा फ्रान्सका लागि केलियन एमबाप्पेले ८०औं, ८१औं, ११८औँ मिनेटमा गोल गरेका थिए। अन्तिममा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–२ गोलको जित निकाल्यो।



प्रतिक्रिया दिनुहोस्