Logo

शेखर कोइराला समूहका नेताहरु निर्णायक छलफलमा



काठमाडौं, ४ पुष । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोलि हुँदैछ । दलको नेताको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवारी दिने तयारीमा छन् ।

संस्थापनइतर समूहबाट भने शेखर कोइराला र गगनकुमार थापामध्ये एक जनाले उम्मेदवारी दिने तयारी छ ।

त्यसको लागि अहिले सो समूहका नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।

अहिले सो समूहका नेताहरु लाजिम्पाटस्थित् होटल एम्बास्डरमा छलफलमा जुटेका छन् ।
file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot