Logo

कोरियाबाट १२१ वटा गाई र साँढे ल्याइँदै



काठमाडौं, पुस ५ । हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार हस्तान्तरण गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो ।

हेफरले २० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई (बाच्छी) रहेका छन् । पहिलो चरणमा पुस ७ गते बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कृषि विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको हेफर इन्टरनेसनलका सञ्चार संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

यी गाई र साँढे दक्षिण कोरियाबाट हवाईजहाजमा काठमाडौँ ल्याइँदै छ । १२१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई तथा बाँकी किसानलाई वितरण गरिने जनाइएको छ ।

त्यसपछि पुस ८, २५ र २८ गते २१र२१ वटा हस्तान्तरण गरिने उनले बताए । बाँकी रहेका गाई र साँढे पनि क्रमशः ल्याएर सरकारलाई हस्तान्तरण गरिनेछ । हेफरले उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराउने भएको छ ।

हेफरले दिएको ती गाई र साँढेमध्ये २० वटा साँढेलाई सरकारले चितवन, पोखरा, लहानलगायतका प्रजनन केन्द्रमा राख्नेछ भने बाँकी रहेका गाई सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका किसानलाई हस्तान्तरण गर्ने जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot