Logo

प्रचण्ड र नेपाल वर्तमान गठबन्धनकै पक्षमा



काठमाडौं, पुस ५ । सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिएका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिएका हुन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आयोजित कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नभएको र गठबन्धनकै निरन्तरताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

उता नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पनि वर्तमान सत्ता गठबन्धनकै निरन्तरताको पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्