Logo

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, पुस ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गर्ने १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नापी कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

कर्मचारी तथा जग्गाधनीसमेत मिलेर रूपन्देही, साबिक दुधराक्ष गाविस वडा नम्बर ७ क र ऐ। गाविस वडा नम्बर २ क को जग्गा नापी कार्यालय, रूपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार पारेर व्यक्तिको नाममा कायम भएको अनुसन्धानमा खुलेपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्