Logo

अनामगरमा अनधिकृत संरचनामा डोजर चलेपछि सामान सार्नेहरुलाई भ्याईनभ्याई (फोटोफिचर)



काठमाडौं, ६ पुष । काठमाडौं महानगरपालिकाले अनामनगर रुद्रमती नदी क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । ती अतिक्रमित संरचना भत्काउन महानगर प्रहरीका प्रमुख एसपी राजुनाथ पाण्डे आँफै फिल्डमा खटिएका थिए ।

तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको नगर प्रहरीको भनाई छ । त्यहाँ ईन्द्र चाम्लिङलगायतले सरकारी जग्गा मिचेर भौतिक संरचना बनाएको समाचार आएका थिए । अनधिकृत संरचना भत्काउनुअघि ती संरचनाका धनी एवम् भाडामा बस्नेहरुलाई भने सामान सार्न चटारो परेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot