Logo

प्रधानमन्त्री देउवासँग बाबुराम-महिन्द्रको भेटवार्ता, नयाँ सरकार गठनमा चासो



काठमाडौं, ७ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवा भेट्न उनी आफ्ना पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई लिएर आज विहान बालुवाटार पुगेका थिए ।

सो क्रममा उनले देउवालाई दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएका थिए ।

भट्टराई कांग्रेस नेतृत्वकै गठबन्धनको पक्षमा छन् । उनले नयाँ सरकार गठन पनि यही गठबन्धनबाट गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

भट्टराईले राष्ट्रपतिको लागि लविङ थालेको चर्चाकाबीच प्रधानमन्त्री देउवासँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्