Logo

महेन्द्र राय यादवले आज शपथ लिने



काठमाडौं, पुस ८ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउन लागेको हो ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले अहिले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् ।

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।  यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई शपथ लिन अनुपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot