Logo

लमजुङमा कोसेली घर बन्दै



काठमाडौँ,८ पुष । सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ ।

यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । उनले भने, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई तीव्रता दिएका छौँ ।”

परम्परागत शैलीमा गोलाकारका दुई तलाका कोसेली घर निर्माण भइरहेको उनको भनाइ छ । गत जेठबाट सुरु भएको कोसेली घरको निर्माण अन्तिम अन्तिम चरणमा पुगेको छ । कोसेली घरको माथिल्लो तल्लामा सङ्ग्रहालय हुनेछ ।

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित जैविक मह, भटमास, कोदो, गुन्द्रुक, रक्सी, कागुनु, आलु, फापरलागयत अन्य तरकारी, हातले बुनेका सामग्रीसमेत राखिने छ । यहाँ राखिएका सामग्री अवलोकन तथा खरिद गर्न सकिनेछ । रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot