Logo

महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने



काठमाडौ, पुस ९ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् ।

सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसदमा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका रूपमा पाउने सेवा सुविधा पनि रोकिनेछ ।

अख्तियारले विशेष अदालतमा गुरुङको भ्रष्टाचार मुद्दा रहेको जानकारी संसद्लाई पठाएको छ । यस्तै प्रहरीले महतो फरार अभियुक्त भएको जानकारी पठाएको छ । दुवै सदस्यलाई शपथ नगराउन नागरिक स्तरमा माग भए पनि कुनै लिखित जानकारी नरहेको भन्दै बिहीबार संसद् सचिवालयले शपथ गराएको थियो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले गुरुङ र बस्नेतबारे पत्र आएको जानकारी दिए । पाण्डेले भने, “अख्तियार र प्रहरीबाट पत्र आएको छ । अब दुवै जनाले सदस्यका हैसियतमा कुनै पनि कामकारबाहीमा सहभागी हुन पाउनुहुनेछैन । साथै सेवा सुविधा पनि रोकिनेछ ।”

अब पत्रबारे सचिवालयले सम्बन्धित दललाई जानकारी गराउनेछ । गुरुङ कांग्रेसबाट मनाङबाट निर्वाचित भएका हुन् । महतो एमालेबाट महोत्तरी–१ बाट निर्वाचित सदस्य हुन । यस्तै पत्रको जानकारी प्रतिनिधि सभाको आउँदो अधिवेशनमा पेस हुनेछ । सभामा पत्रबारे जानकारी गराइएपछि दुवै सदस्य औपचारिक रूपमा निलम्बनमा पर्नेछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot