Logo

देउवा–दाहालबीच आज पुनः छलफल



काठमाडौं, पुस ९ । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पुनः छलफल हुने भएको छ ।

आजपनि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफलको तयारी रहेको स्रोतले जनाएको छ ।शुक्रबार अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः छलफल हुन लागेको हो ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो । यहीँ विषयमा आज पनि छलफल हुने भएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि आइतबार साँझ सकिँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot