Logo

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने



काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् ।

अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र घनिभूत छलफल चलेको छ । सरकारको पहिलो चरणको नेतृत्वमा देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पनि दाबी छ ।

हिजो राति अवेरसम्म दुई नेता निर्णायक वार्तामा बसेका थिए । हिजोको बैठक निश्कर्षविहीन बनेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समयसिमा भोलि सकिँदैछ । त्यसको अघिल्लो दिन नै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको लागि पहल थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot