Logo

कांग्रेसको कारण गठबन्धन टुट्यो : प्रचण्ड



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”

कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो । आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा देउवा सहमत भएनन् ।



प्रतिक्रिया दिनुहोस्