Logo

प्रचण्डले फोन गरेपछि सिके राउत पनि बालकोट बैठकमा मिसिए



काठमाडौं, १० पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बालकोट बैठकमा सरिक भएका छन् ।

बालकोटमा यसअघि एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाको बैठक चलिरहेको थियो ।

उक्त बैठकस्थलबाटै प्रचण्डले राउतलाई फोन गरेका थिए । लगत्तै राउत बालकोट बैठकमा सहभागी भएका हुन् ।

अहिले राउतसहितको छलफल चलिरहेको छ । सत्ता गठबन्धन टुटेको घोषणा गरेर प्रचण्ड एमालेसँग वार्तामा छन् ।

एमालेले उनलाई प्रधानमन्त्री बनाउने वचन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot