Logo

प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् ।

आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै दाहाल र ओली शितलनिवास पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot