Logo

मन्त्री छान्न सुरु भयो माओवादी पदाधिकारी बैठक



काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो ।

बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ।

माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। सो बैठकले मन्त्रालय भागवण्डाको टुंगो लगाउने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot