Logo

नारायणकाजी उपप्रधानमन्त्री बन्ने पक्का



काठमाडौं, पुस ११ । सोमबार विहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार राष्ट्रिय सभा सदस्य रहेका श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएपनि मन्त्रालयको टुङ्गो लगाउन बाँकी छ ।

अहिले ११ बजे बस्ने सत्ता गठबन्धनको बैठकले माओवादीबाट को–को मन्त्री बन्छन भन्नेबारे टुङगो लगाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्