Logo

देउवाले दिए प्रचण्डलाई बधाई



काठमाडौं, पुस ११ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई तथा शुभकामना दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार अन्य कांग्रेस नेताहरूले पनि फोनमार्फत प्रचण्डलाई बधाई दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्