Logo

राप्रपा सरकारमा नजाने



काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए ।

राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ ।

राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो ।

पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

अहिले सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरमा जारी छ । सो बैठकले सरकारमा सहभागी हुने दल र पाउने मन्त्रालयको बारेमा टुँगो लगाउने छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्