सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै रवि लाछिानेले भने–मेरो दाबी उपप्रधानमन्त्रीसहित गृहमा छ


काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा आफ्नो दाबी गरेका छन् ।

आज (सोमबार) बसेको सत्तारुढ गठबन्धनको बठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आजको बैठकमा मन्त्रालयको भागबण्डा नटुँग्गिएको पनि स्पष्ट पारे ।

उनले भने,‘मेरो दाबी गृह मन्त्रालयमा छ । प्रधानमन्त्रीले के गर्नुहुन्छ, हेरौं ।’

उनले जनताको काम गरेर देखाउनको लागि पनि आफूहरु सरकारमा सहभागी हुन लागेको स्पष्ट पारे ।