Logo

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, नारायणकाजी उपप्रधानसहित भौतिकमन्त्री बने



काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । यसअघि गृह मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठको दाबी थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्भिन्स गरेपछि श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् ।

उता, नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले उच्च स्रोतकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले आजै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्री बनाउने निर्णय गरेका छन् । उनीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्