Logo

नवनियुक्त गृहमन्त्री लामिछानेविरुद्ध शितलनिवास अगाडि नै नेविसंघ नेताहरुको प्रदर्शन



काठमाडौं, ११ पुष । मनिष रायमाझीको नेतृत्वमा नेविसंघका नेताहरुले नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन शितलनिवास अगाडि आज शपथग्रहणकै समय पारेर प्रदर्शन गरेका हुन् ।

यसरी मन्त्री लामिछानेविरुद्ध प्रदर्शन गर्ने रायमाझीसहित तीन नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघका नेता रायमाझी, विक्रम आदित्य गिरी र भुवन भट्ट रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot