Logo

विकासको बागडोर सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ, यस्तो छ उनको जीवनी



काठमाडौं, ११ पुष । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न सिंहदरबार प्रवेश गरेका छन् । हाल राष्ट्रियसभा सदस्यका रुपमा रहनुभएका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रुपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नेकपा (चौम) को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र) का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी) को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेता थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्य एवं प्रवक्ता पनि थिए । उनी हाल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष हुन् ।

संविधानसभा सदस्यसमेत रहिसक्नुभएका श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन्। उनका विभिन्न कृति र लेखहरु प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताएका छन् ।

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा समेत एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकका रुपमा उनी सक्रिय भए ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरुबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनीलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहेका श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भए । उनी केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिक पत्रिकाका सम्पादकका रुपमा काम गरे । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको पेरिफेरिमा नै छन्। मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गरे । उनी पढ्नमा अत्यन्तै तेज थिए ।

सधैँ कक्षाका प्रथम भए । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोडेका थिए । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । उनीले अर्थशास्त्रमा पनि स्नातक गरेका छन् ।

पन्ध्र वर्षमा एसएलसी पास गर्नुभएका उनी १६ वर्षको उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनीलाई पक्राउ गरेर केन्द्रीय कारागाारमा राखिएको थियो । उनी दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल परे ।

तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ परे । मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिएका थिए । २०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उनी नेकपा (एकता केन्द्र) को पोलिटब्यूरो सदस्य भए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot