Logo

अब जनताको सपना पूरा गर्न लाग्छुः नवनियुक्त मन्त्री



काठमाडौं, १२ पुस । नवनियुक्त बिना विभागीय मन्त्री ज्वालाकुमारी साहले उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएकी छन् ।
‘मुलुकमा आर्थिक संकटको धराप छ । स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वााधारको समस्या छ । अब मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने चुनौती थपिएको छ । म मन्त्री बन्ने सपनाभन्दा पनि जनताको सपना पूरा गर्न लाग्छु । जनताको सेवक भएर काम गर्छु । उदाहरणीय काम गरेर देखाउँछु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै साहले भनिन् ।
मुलुकमा रोजगारीको सिर्जना गर्न नसके समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा धक्का पुग्ने पनि उनले औंल्याइन् । भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा आफ्नो सहमति भएको पनि उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्