Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा



काठमाडौं, १२ पुष । सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाई हुँदैछ ।

उक्त मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ ।

काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको जनाईएको छ ।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा आज (मंगलबार) पेसीमा चढेको थियो ।

एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध मुद्दा चलेको हो ।

अहिले उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot