Logo

माधव नेपालसँग वामदेवको भेटवार्ता, प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव



काठमाडौं, १२ पुष । नेकपा राष्टिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउनुपर्ने सुझाव दिएका छन् ।

आज (मंगलबार) अध्यक्ष नेपालसँगको भेटवार्तापछि गौतमले यस्तो सुझाव दिएका हुन् । प्रचण्डले अन्तिम घडीमा माधव नेपाललाई साथमै लिन नसकेकोमा गौतमको असन्तुष्टि छ ।

उनले अब वामपन्थी आन्दोलनलाई सही तवरले अघि बढाउने समय आएको भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए । उनले नेकपा (एकीकृत समाजवादी) लाई पनि सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले नै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

आफू कसैले नबोलाउँदापनि सबैसँग भेटेर वामपन्थी एकताको लागि पहल लिन सक्रिय भएको स्मरण गराउँदै माधव नेपालसँग प्रचण्डले भेटवार्ता गर्नुपर्ने बताएका छन् । प्रचण्ड हिजोमात्रै मुलुकको ४४औं प्रधानमन्त्री बनेका छन् ।

यसअघि कांग्रेस गठबन्धनमा रहेका दाहाल पुष १० गते कांग्रेस गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर अघि बढेका छन् । प्रचण्ड एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदहरुको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हिजोमात्रै उनले पद तथा गोपनियताको शपथ लिएका छन् । हिजो नै दाहालले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot