Logo

मेरो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने बढि सम्भावना छ : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, १२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सबैभन्दा पहिलो बधाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई दिएको बताएका छन् । उनले भने,”मलाई प्रधानमन्त्री भएलगत्तै सबैभन्दा पहिलो बधाई भारतीय राजदूतले दिनुभयो, मैले उहाँलाई तपाईँ नै पहिलो कुटनीतिज्ञ हो, जसले मलाई पहिलोपटक बधाई दिनुभयो भने । त्यसको लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरेर मलाई बधाई दिनुभयो । र, नेपाल भारत सम्बन्धलाई अघि बढाउने र सहकार्यको कुरा गर्नुभयो । र, यो पनि अर्को संयोग नै होला की मैले पहिलोपटक भारतीय च्यानललाई नै अन्तर्वार्ता दिएको छु । त्यसैले यसमा मलाई धेरै खुशी र गर्व लागेको छ । मलाई लाग्छ, पछिल्लोपटक म जब भारत भ्रमणमा थिएँ, त्यतिवेला दुई देशबीचको सम्बन्धलाई सही तवरले अघि बढाउने कुरा गरेको थिएँ । दुवै देशका जेन्युन विषयलाई हल गर्ने विषयमा पनि कुरा गरेको थिएँ ।”

भारतीय टिभी च्यालन एबीपी न्यूजको लागि पत्रकार दिवांगसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच कुनै समस्या भए त्यसलाई सम्वादको माध्यमबाट हल गरिने विश्वास दिलाए । उनले आफू प्रो नेपालवाला लाईनमा अघि बढ्न चाहेको सुनाए ।

उनले भारत, चीन सबैसँग राम्रो सम्बन्ध बनाउने पनि बताए । भारतसँग नेपालको ऐतिहासिक र युनिक सम्बन्ध रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध दुनियाँमा कहीँपनि नदेखिएको उनको भनाई थियो । उनले आफू देश र जनताप्रति बफादार रहेको भन्दै देशको हितकोलागि काम गर्ने प्रतिबद्धता जनाए । प्रचण्डले आफूलाई जुन देशबाट पहिले भ्रमणको निम्तो आउँछ त्यही देश जाने पनि खुलासा गरे । उनले हिजो प्रधानमन्त्रीको शपथ लिएलगत्तै भारतीय विदेशमन्त्री विनयमोहन क्वात्रासँग पनि कुराकानी भएको सुनाए । उनले आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने सम्भावना बढि रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्