Logo

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, पुस १३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दै छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयमा हुने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाईएको छ। राप्रपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको छ। सरकारमा भने सहभागी हुनेबारे औपचारिक निर्णय भएको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot