Logo

पर्यटन व्यवसायीलाई अनलाइन सेवा दिन मन्त्री श्रेष्ठको योजना कार्यान्वयन



काठमाडौं, पुस १३ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई अनलाइनमार्फत सेवा दिने योजना कार्यान्वयन गरेका छन् ।

सेवाग्राहीलाई सहज, सरल र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटन व्यवसायीलाई विद्युतीय माध्यमबाट सेवा दिने व्यवस्था गरिएको पर्यटनमन्त्री श्रेष्ठले बताए ।

‘पर्यटन व्यवसायीहरूको बृहत्तर हितलाई ध्यानमा राखी सेवाग्रहीलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गरिने हेतुले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा शुभारम्भ गरिएको छ । यसले सेवाग्राहीलाई सहजता हुने विश्वास लिएको छु ।’, पर्यटनमन्त्री श्रेष्ठले भने ।

संघीय सरकारभन्दा एक कदम अगाडि बढेर बागमती प्रदेशको पर्यटन मन्त्रालयले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा दिने प्रणालीको विकास गरेको हो ।

पर्यटन मन्त्रालयले दिने सेवा अनलाइनमैत्री हुने पनि मन्त्री श्रेष्ठको घोषणा छ । यो सुरुवात मात्र भएको भन्दै उनले विस्तारै संस्कृति तथा पर्यटन मन्त्रालयले दिने सेवा अनलाइनमैत्री र झन्झटरहित हुने सुनाए ।

लाइनमा बसेर सेवा लिनुपर्ने र बिचौलिया समात्नु पर्ने अवस्था अन्त्य गर्न आफूले यो कदम चालेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको उपत्यका पर्यटन कार्यालय सेवाग्राहीको हितलाई ध्यानमा राखेर हात्तिवनबाट पायक पर्ने स्थानमा सार्नका लागि आफूले पहल गरिरहेको पर्यटनमन्त्री श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्