Logo

एमाले अध्यक्ष प्रधानमन्त्री दाहाल निवास खुमलटार पुग्दै



काठमाडौं, १३ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् । उनी बालकोटबाट खुमलटारको लागि निस्किएको जनाईएको छ ।

ओलीकै अग्रसरतामा दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बनेका हुन् । खुमलटारको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिने बताइएको छ । यसअघि प्रधानमन्त्री दाहालले माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot