Logo

मन्त्रिपरिषद विस्तारमा सकस, विश्वासको मत लिएपछि मात्रै विस्तार



काठमाडौं, पुस १४ । एमाले-माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।

धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभाको बैठक २५ पुसमा आव्हान गरेकी छिन् । प्रतिनिधि सभा बैठक सुरू भए लगत्तै विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बुधबार छलफल गरेका छन् । साथै प्रधानमन्त्रीले सत्तासाझेदार अन्य दलसँग समेत विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने विषयमा छलफल गरी सहमति गरेका छन् । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot