Logo

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज



काठमाडौं, पुस १४ । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले आज शपथ लिँदैछन् ।

संवैधानिक व्यवस्थाअनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् ।

बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसकेका छन् । बाँकी १ सय ९ प्रदेशसभा सदस्यलाई ढुङ्गानाले आज शपथ गराउने कार्यक्रम रहेको छ ।

शपथ ग्रहणको कार्यक्रम दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौंडामा राखिएको छ । यस्तै, गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अरु सदस्यलाई आज दिउँसो १ बजे शपथ गराउने कार्यक्रम रहेको छ। गण्डकी प्रदेशमा बिहीबार ५९ जना सदस्यले शपथ लिदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot