Logo

बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने



 काठमाडौं, १४ पुष । बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने भएको छ । गत मंसिर ४  गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot