Logo

सन्दिप लामिछानेको निवेदनमा आज सुनुवाई हुन सकेन



काठमाडौं, १४ पुष । बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सन्दिप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुने सकेन ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको रिट निवेदन आज हेर्न नभ्याइने सूचिमा परेको हो । लामिछानेलाई जिल्ला अदालतले गत कार्तिक १८ मा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot