Logo

उपराष्ट्रपतिमा दाबी गरेको समाचार आउँदा ओनसरी घर्ती आश्चर्यचकित



काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको स्पष्ट पारेकी छिन् । पछिल्लो समय समाचारमा माओवादीले उपराष्ट्रपति पाउने र उक्त पदको लागि ओनसरीले दाबी गरेको कुरा आएको थियो । उक्त समाचारको खण्डन गर्दै घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको जिकिर गरेकी हुन् ।

उनले आफूले उपराष्ट्रपतिमा दाबी गरेको समाचार देख्दा आश्चर्यचकित भएको पनि टिप्पणी गरिन् । उनले भनिन्,‘मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन र गर्दिनँ पनि, मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’

उनले आफूले कुनै दाबी नगरेको र पार्टी नेतृत्वबाट पनि यस्तो अफर नआएको स्पष्ट पारिन् । एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेको समर्थन जुटाउन वर्षमान पुनले निर्णायक भूमिका खेलेको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot