Logo

निर्मला कुर्मी र नन्कुन्नी धोबी न्यायका लागि तेस्रो चरणको धर्ना (फोटोफिचर)



काठमाडौं, १६ पुष । बाँके नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन सुरु गरेको अधिकारर्मी रुवि खानले बताइन्।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot