Logo

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल, सरल सहयात्रीको असन्तुष्टि



काठमाडौं, १६ पुष । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज (शनिबार) सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।

उनी यसअघि पनि दलको नेता नै थिए । उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् । हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।

बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुन् । संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो ।

उनी यो सहमतिमा नेता चयन गरिएकोप्रति असन्तुष्ट छन् । उनी दलको नेता चयन गर्न चुनावको पक्षमा थिए । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot