Logo

एभर्टनसँग बराबरीमा रोकियो सिटी



काठमाडौं, पुस १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एभर्टनसँग सिटी १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा डिमराइ ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि भने दुवै टिमले गोल गर्न सकेनन् ।

यो बराबरीसँगै सिटीले १६ खेलमा ३६ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा रहेको छ । १७ खेलमा १५ अंक जोडेको एभर्टन १६ औं स्थानमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot