Logo

निर्यातमा चीन असहयोगी



काठमाडौं, पुस १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ ।

योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो ।

प्रधानमन्त्री दाहाललाई चीन नजिकको नेताको रुपमा हेरिँदै आएको छ । लामो समयदेखि चीनको बेवास्ताका कारण दुई मुलुकबीचको व्यापारमा नेपालले धेरै असन्तुलन भोग्दै आएको छ ।

आफुलाई मन लाग्ने सहुलियतसहित ढोका खोल्ने र मन नलागे बन्द गर्ने चिनियाँ प्रवृत्तिका कारण नेपालले व्यापार असन्तुलन भोग्नु परेको हो । केही समयदेखि निकासीको ढोका बन्द रहेको उत्तरी नाका खुला भएसँगै व्यापार असन्तुलन कम हुने व्यावसायीहरुको अपेक्षा छ । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot