Logo

शेरबहादुर देउवा पार्टीको इतिहासमा दुवै पटक असफल सभापति बन्नुभयो– जगदिश्वरनरसिंह केसी



 

काठमाडौं, १७ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सही समयमा सही निर्णय गर्न नसक्दा पार्टी सरकारबाट बाहिरिनु परेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन अघि पाँच दलीय गठबन्धनको विरुद्धमा बोले कारबाही गर्ने धम्की दिएको पार्टी नेतृत्वले सरकार निर्माणमा गम्भीर भएर सही निर्णय गर्न नसकेको बताएका हुन् ।

साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको इतिहासमा दुईपटक सभापति बनेपनि दुवै पटक असफल भएको उनको आरोप छ । ‘शेरबहादुर देउवा दुई पटक सभापति हुनभयो । दुवै पटक असफल सभापति हुनुभयो । अघिल्लो पटक नेपालको इतिहासमा कांग्रेस सबैभन्दा सानो पार्टीमा खुम्चियो । अहिले पाँच दलको बीचमा गठबन्धन गर्दा पनि प्रत्यक्षमा ५७ सिट जित्यौं । ४४ लाख मतदाता थपिदा पनि समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा ६ लाख भोट घट्यो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्