Logo

माओवादी केन्द्र गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान चयन



 

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् ।

प्रदेश कमिटीको बैठकले संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी ०७४ को निर्वाचनपछि पनि प्रदेश संसदीय दलको नेता बनेका थिए ।

दलको नेता बनेसँगै चुमानलाई मुख्यमन्त्रीको बलियो दाबेदारका हेरिएको छ । चुमान दलको नेतामा निर्वाचित भएसँगै गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको छ ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot