काठमाडौं, १७ पुष । नेकपा (एकीकृत समाजवादी) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकोृ सरकारलाई समर्थन गर्ने मत बलियो देखिएको छ । शनिबारदेखि जारी पार्टीको स्थायी समिति बैठकमा सहभागी अधिकांश नेताहरुले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका हुन् ।
पार्टीको ५२ सदस्यीय स्थायी कमिटीमध्ये अहिलेसम्म ३० जनाले आफ्नो धारणा राखिसकेका छन् । अधिकांशले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा मत राखेको बताइएको छ ।
‘हामीबीचमा सरकारलाई समर्थन दिनुपर्छ कि पर्दै भन्ने मत आएको छ। तर हामीले समर्थन नदिए पनि यो सरकारले निरन्तरता पाउँछ । हिजो पाँच दलीय गठबन्धन हुँदा सहकार्य भएकै प्रचण्ड प्रधानमन्त्री भएकाले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने भएको छ। बोल्ने सबै साथीहरुको मत सरकारलाई सघाउने भन्ने छ,’ उपमहासचिव गंगालाल तुलाधरले भने ।
साथै, वृहत वाम एकताको अभियान जारी रहेको र एमाले वा कुनै दलसँग पार्टी एक हुने भन्ने हल्लामा सत्यता नभएको पनि उनले बताए । पार्टी अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको रुपमा एमालेले प्रस्ताव गरेको भन्ने हल्लामा पनि कुनै सत्यता नभएको उनले दावी गरे ।
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया