Logo

अर्थतन्त्रमा केही समस्या छ तर काबुभन्दा बाहिर छैन– अर्थमन्त्री पौडेल



काठमाडौं, १७ पुष । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल उद्घाटन भएसँगै पोखराका जनताको सपना पूरा भएको बताएका छन्। आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनले पोखरामा पर्यटक बढाउन सहायोग पुग्ने बताए ।

पोखरामा पर्यटक ल्याउनका लागि विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ । साथै, प्राधीकरणलाई आवश्यक पर्ने सहयोगका लागि अर्थमन्त्रालय तयार रहेको पनि उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेको पनि उनले स्मरण गरे । पोखराको पर्यटकीय विकासका लागि अन्य पर्यटकीय स्थलसँग लिंकअप गर्नु पर्ने उनले बताए ।

‘पोखराको एक्लै विकास सम्भव हुँदैन । यसलाई अरु पर्यटकीय स्थलसँग लिंकअप गर्नुपर्छ भन्ने मलाई लाग्छ । पोखरा काठमाडौंसँग जोडियोस्, पोखरा चितवनसँग जोडियोस्, पोखरा जोमसोमसँग जोडियोस् । यसरी यहाँको पर्यटन प्रवर्धन गर्नुपर्छ भन्ने मलाई लाग्छ्,’ उनले भने ।

साथै, पौडेलले नयाँ सरकारको मुख्य लक्ष्य राजनीतिक स्थायित्व प्रदान र आर्थिक विकास रहेको उनको दावी छ । अहिले अर्थतन्त्रका केही समस्या रहेपनि काबुभन्दा बाहिर नरहेको उनले बताए । अहिलेको सरकार अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजनीतिक स्थायीत्व र सुशासनतर्फ अघि बढेको उनको दावी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot