Logo

जसपा अध्यक्ष यादव दबाबमा, अधिकांश सांसद सरकारमा जानुपर्ने पक्षमा



काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । यो बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बुझिएको छ । तर, जसपाका बहुमत सांसद सरकारलाई समर्थन गरेको कारण तत्कालै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् ।

तर, अध्यक्ष उपेन्द्र यादव भने अझैपनि पर्ख र हेरको अवस्थामा छन् । दलको नेता चयन गर्नपनि यादवले आनाकानी गरेका थिए । ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको बैठक मुख्य रुपमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा केन्द्रित हुने जनाईएको छ ।

बहुमत सांसदले सरकारमा जाने तयारी गरेको कारण यादव दबाबमा छन् । सत्ता गठबन्धनले आज/भोलि नै सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसमा पनि जसपाले अहिलेसम्म व्यक्तिको नाम सिफारिश गरेको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot